लत्ताकपडा सहित ट्याक्टर नियन्त्रणमा

0
159

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१२ बाट प्रहरीले राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिराटनगरको रोडशेष चोकबाट बीआर ३८ बी २३७८ नम्वरको ट्रयाक्टरमा राजश्व चुहावट गरी लत्ताकपडा ल्याउदै गरेको अवस्थामा ट्रयाक्टर सहित करिव ४० लाख मुल्य बरावरको सामान बरामद गरेको हो ।

बरामद गरिएका लत्ताकपडा, ट्रयाक्टर र चालक जहदा गाउँपालिका १ का रमेश यादव समेतलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here