राजनीति र विवादमा-“प्रेमगीत-३”

0
273

याम खरेल(यानाख),

प्रेम गीत-३” काे बिषयमा विवाद र राजनितीकाे गन्ध देखिए पछि म पनि कलाकारिता क्षेत्रकाे पुरानाे समिक्षक र सुभचिन्तक भएकाे हैसियतले मनमा लागेका केही कुरा लेख्नै मन लाग्याे।

मेराे विचारमा प्रेम गीत-३ नेपालकाे २०० वर्ष पहिल्यैकाे राज्य व्यवस्था उपर नेपालकाे पश्चिम विकट र मनमाेहक क्षेत्रमा लामाे समय लगाएर छायंकन गरिएकाे एक प्रतिष्ठित प्रेम कथामा अाधारित विशुद्ध नेपाली कथानक चलचित्र हाे।यस फिल्मले नेपालकाे पुरानाे कला र सँस्कृतिलाई चिनाउन मात्र खाेजेकाे छैन,मनै लाेभ्याउने नेपालकाे सुन्दर दृश्यहरुलाई पनि फिल्मकाे माध्यमबाट दर्शकमाझ प्रस्तुत गर्न खाेजेकाे देखिन्छ।

हामीलाई थाह छ नेपाली चलचित्रका दर्शक र नेपाली भाषीहरु कति छन र कति दर्शकले नेपाली चलचित्रलाई माया गर्छन भन्ने कुरा पनि। नेपालमा बनेका राम्रा मुभीहरुलाई समेत अपहेलना गरेर हिन्दी मुभीलाई बढी प्राथमिकतामा राख्दै बढी हलकाे स्क्रिन दिने नेपाली परिपाटीमा नेपालमै बनेकाे विशुद्ध मुभीलाई नेपालीमा मात्र नभएर हिन्दीमा समेत डब गरेर विश्वमाझ नेपालकाे साैन्दर्यता अनि नेपालकाे कला,सँस्कृति र नेपाली चलचित्रलाई चिनाउन खाेज्नु भनेकाे नेपाल र नेपालीका निम्ति गाैरवकाे कुरा हाे।

यस्ताे यात्रामा त पुरै राज्य लाग्नु पर्ने हाे तर यहाँ त गनाउने राजनिती मात्रै घुसाएकाे पाएँ मैले।संसद भवन देखि सबै तप्काहरुमा हिन्दी भाषाहरुकाे बढाेत्तरी भईरहेकाे मेराे देशमा जुन मुभी अाफ्नै हाेम प्राेडक्सनमा तयार भई विश्व वजारमा नेपाल र नेपाली चलचित्र क्षेत्रलाई चिनाउनका निम्ति अहिल्यैकाे बिश्वमा दाेस्राे बजार अाेगटेकाे बलिउड फ्लिम ईन्डष्ट्रिजमा प्रतिस्पर्धामा उत्रनु पक्कै चानचुने बिषयकाे कुरा भने हैन।

यहाँ राष्ट्रियता मुछिने कुरै छैन साँच्चै भन्नु पर्दा कला सँस्कृति र अभिनयकाे कुनै भाषा र राष्ट्रियता हुँदैन र यसमा जाेडेर राजनिती गरिनु पनि हुँदैन।अाज संघिय गणतन्त्र भएकाे मुलुकमा बसेर बच्चाकाे जस्ताे कुरा गर्नु पक्कै साेभनिय हुँदैन।पाकिस्तानी गायकले हिन्दीमा गीत गाएकाे नेपाली गायकले हिन्दीमा गीत गाएकाे अनि ईण्डियन गायकहरुले नेपालमा गीत गाएका धेरै उधारणहरु हामीसँग छन् यहाँ कहाँ राष्ट्रियताकाे सवाल उठेकाे छ र?प्रेमगीत-३ यस्ताे मुभी हाे जुन मुभीकाे सम्पुर्ण सुट नेपालमा भएकाे छ अनि सम्पुर्ण कलाकार नेपाली नै छन त्यसमा पनि नेपाली व्यानरमा बनेकाे मुभी हाे।

मात्रै धेरै दर्शक सम्म कसरी नेपाली मुभी र नेपाली परिवेशलाई चिनाउन सकिन्छ भन्ने मनसायले हिन्दीमा डव गरिएकाे छ। के नेपालीले विश्व वजारमा राम्रा चलचित्र बनाएर प्रतिस्पर्धात्मक व्यपार गर्न नपाउने? फेरी प्रेमगीत-३ नेपाली भाषामा पनि त बनेकाे छ।दुबै भाषामा नेपालमा चलचित्र प्रदर्शन गर्दा चाँही कहाँ राष्ट्रियता संकटमा पर्छ? मलाई जान्न मन लाग्याे।अाफ्नाे ईच्छाले मुभी हेर्न पाउने सम्मकाे अधिकार त पक्कै संघिय गणतन्त्र नेपालले सबै नेपालीलाई दिएकै हाेला।खाेक्राे राष्ट्रवादले मुलुक चल्दैन सन्दर्भ विनाकाे विषयमा राष्ट्रियता जस्ताे गम्भीर विषयलाई जाेडेर राजनीति गरिनु पक्कै राम्राे विषय हैन।सक्छाैं भने चुच्चो नक्साकाे बारेमा बहस गराैं।

सिमा मिचिएका विषयमा कुरा उठाउँ,कालापानीमा वसेका भारतीय सेनाका बारेमा अावाज उठाअाैं,भारतले नेपालमाथि लगाईएका अंकुसहरुकाे विषयमा बाेलाै तर देशकाे शिर उचाे राख्नका निम्ति गरिएका प्रयासहरु माथि गनाउने राजनीति नगराैं।हामीले त राज्य र सम्पुर्ण नेपाली चलचित्र क्षेत्रले नै अाज सम्म गर्न नसकेकाे काम प्रेमगीत-३ ले गर्दै गर्दा याे सम्पुर्ण टिमलाई हाैसला र सहयाेग गर्नु पर्ने हाे तर किन काेशिस गर्ने हिम्मतहरुलाई निराश पार्दैछाै साेचाै त कतै हामी अाफै अाफ्नाे खुट्टामा बन्चराे त हान्दै छैनौं ?

अन्त्यमा सम्पुर्ण प्रेमगीत-३ परिवारलाई असाेज ७ बाट नेपाल र भारतमा मात्रै नभई विश्वका ५० भन्दा बढी देशहरुमा प्रदर्शनमा अाउन लागेकाे “प्रेमगीत-३” बाट अत्यधिक ठुलाे सफलता हात लागाेस् सफलताकाे शुभकामना !साथै निर्माता सन्ताेष सेन र नायक प्रदिप खड्काले यस मुभीलाई अहाेरात्र खटेर अाज विश्व वजारमा नेपालमा पनि राम्रा मुभी बन्दा रहेछन् है भन्ने सन्देश प्रवाह गर्नु भएकाे छ यसकाे निम्ति म नेपाली कलाकारिता क्षेत्रकाे शुभचिन्तक र समिक्षक भएकाे हैसियतले सलुट पनि गर्न चाहान्छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here