पथरीका क्यान्सर पिडित राईलाई बचाउन अपिल

0
244

पथरी शनिश्चरे,

पथरीशनिश्चरे- ७ मायालुचौक निवासी क्यान्सर पिडित ४५ वर्षका पञ्चकुमार( जितन) राई (जीतन बाहिङ राई) लाई बचाउन आफन्तले अपिल गरेका छन् ।

३ जना छोरीको बाबु राईलाई मलद्वारमा क्यानसर भएको २ हप्ता अगाडी पूर्वाअञ्चल क्यान्सर अस्पताल बिर्तामोडमा पहिचान भए पछि हाल उपचारको लागि सहयोगको याचना गरेका हुन् ।
निर्माण मजदुरी गरेर जिविकोपार्जन गरिरहेका उनलाई थप उपचारको लागि भरतपुर क्यान्सर अस्पताल चितवनमा लानु पर्ने भएको सहयोगको अपिल गरेको जीतन राई बचाउ अभियानका संयोजक बिनोद बान्तावाले बताएका हुन् ।

क्यानसर पिडित राईको आर्थिक अवस्था कमजोर भएकोले स्थानियबासीले सहयोग रकम संकलन अभियान नै चलाएको छ । मंगलवार बेलुकासम्ममा करिब ५५ हजार रुपैयाँ संकलन भएको संयोजक बान्तावाले बताएका छन् ।

राईलाई थप उपचारको लागि असोज ५ गते भरतपुर लगिने बताउँदै इच्छुक ब्यक्तीले पीडितलाई सहयोग प्रदान गर्नका लागि विमारी राईकै मोवाइल नम्बर ९८१४३१०७८२ र अभियानका संयोजक बान्तावाको मोवाइल ९८०३४६४४२६ नम्बरमा सम्पर्क गर्न सकिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here