साहित्यकार लुँइटेलको ८१औं जन्मजयन्ती मनाइयो

५ आश्विन २०७९, बुधबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९ बा¥हघरेस्थित गार्गी वाङ्मय प्रतिष्ठानले प्रतिष्ठानका संस्थापक एवम् साहित्यकार रोहिणी विलास लुँइटेलको ८१ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीको सभाध्यक्ष र साहित्यकार विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कविता वाचन, हाजिरी जवाफ प्रतियोगिता, भजनलगायत प्रस्तुत गरिएको सचिव केदारनाथ पोखरेलले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका सहभागी अर्जुनधारा–९ वडा समितिका अध्यक्ष भीष्म मिश्रले संस्थाको निर्माणाधीन भवनको निर्माण कार्य पूरा गर्ने, पुस्तकालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रमुख अतिथि भट्टराईले आमा, गार्गी र साहित्यकार लुँइटेलको विषयमा चर्चा गरेका थिए । जगन्नाथ अधिकारी र निरा पोखरेलले कविता वाचन गरेको कार्यक्रममा महिला मोक्षदा किर्तन मण्डलीबाट भजन प्रस्तुत गरिएको थियो ।

५ वटा महिला समूहको सहभागीता रहेको हाजिरी जवाफ प्रतियोगितामा अनिता नेपालको महिला समूह प्रथम भएको थियो । निवर्तमान वडाध्यक्ष पुष्पकुमार प्रसाईंलगायतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष डिल्लीरमण लुँइटेलले र कार्यक्रमको सञ्चालन सचिव पोखरेलले गरेका थिए ।

आमा र बालबालिकाहरुलाई संस्कृत पढाउने उद्देश्यले उक्त प्रतिष्ठानको २०७४ सालमा स्थापना भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here