बाल्मिकीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

५ आश्विन २०७९, बुधबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको बिर्तामोड–१ स्थित बाल्मिकी एजुकेशन फाउण्डेशनमा “ट्राफिक नियम सम्बन्धी विद्यालय प्रशिक्षण कार्यक्रम” अन्र्तगत एक दिवसीय ट्राफिक सचेतना कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मारवाडी महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रम विद्यार्थीहरुलाई ट्राफिक नियम बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको मञ्चकी अध्यक्ष निलम अग्रवालले बताइन् ।

मञ्चकी अध्यक्ष अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीले सहजिकरण गरेका थिए ।

ट्राफिक नियम अन्र्तगत जान्नुपर्ने कुराहरु, ट्राफिक चिन्ह्, सडक दुर्घटना र कारणहरुलगायतका विषयमा सहजिकरण गरिएको कार्यक्रममा कक्षा ६ र ७का २७० जना बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मारवाडी युवती मञ्चकी अध्यक्ष ऋचा अग्रवाललगायतको आतिथ्य रहेको कार्यक्रममा मञ्चकी सचिव निर्मला अग्रवालले धन्यवाद ज्ञापन गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक सुवोत तामाङले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here