छविराज ढकाल/ पथरीशनिश्चरे,
पथरीशनिश्चरे नगरपालिकाका “ब्यवसयिक बाख्रा पलन” कार्यक्रमको दोस्रो चरण अन्तर्गत पुन:२० थान ब्याढे बोका र २० मेसिन चापकटर २० सेट २०जना व्यवसायिक बाख्रा पालक कृषकहरुलाई बितरण गरिएको छ।
कृर्षि क्षेत्रमा व्यवसायिक रूपमा पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले पशुपालक कृषकहरुलाई पुन:बिमा गरि २० थान ७५% बोयर क्रस ब्याढे बोका र मोटर सहित कुटिकाट्ने मेसिन चापकटर २० सेट समेत प्रदान गरिएको हो।
एक कार्यक्रमबीच पथरी कृषि सहकारी संस्था लि र नेपाल लाइभस्टक सेक्टर इनोभेसन सहयोग इकाई विराटनगरको संयुक्त लगानीमा संचालित “ब्यवसयिक बाख्रा पलन” कार्यक्रमको दोस्रो चरण अन्तर्गत किसानलाई अनुदान सहयोग प्रदान गरिएको थियो।
पथरी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष हरिराज प्याकुरेल, सचिव टीका दहाल सहितले सौहार्दपूर्ण वातावरणमा व्यवसायिक बाख्रा पालकहरूलाई बोतल विउ बाख्रा सहित कुटी काट्ने मेसीन हस्तान्तरण गरिएको थियो।