इटहरीबाट ओरियन्सका ६ जना पक्राउ

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

मोरङ।

नेटवर्किङमार्फत व्यावसाय सञ्चालन गरिरहेको ग्लोबल ओरियन्सको सुनसरी इटहरीस्थित शाखा कार्यालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

कमाई राम्रो हुने र विदेश घुम्न पाइने लोभ देखाएर सर्वसाधारणलाई सदस्य बनाउँदै ठगी गरेको आरोपमा प्रहरीले ग्लोबल ओरियन्स नेपालको इटहरी शाखाबाट छ जनालाई मंगलबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–१का ससिता राई, सुन्दरहरैंचा–७का सञ्जीव माझी, ग्रामथान–३का बिक्रम माझी, कटहरी–६ का पंकजकुमार साह र अरुणकुमार मुडयारी र झापा बिर्तामोड–१०का पदम राईलाई पक्राउ गरेको हो ।

इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर उनीहरुले ग्लोबल ओरियन्स नेपाल प्रालिको बोर्ड पनि राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको कोठामा खानतलासी गर्दा कम्प्यूटर, ल्यापटप, मोवाइल फोन, विभिन्न व्यक्तिहरुको फोटो, नागरिकता, सम्झौता–पत्र, टिकट, बील, छाप, मेडल, प्रमाणपत्रलगायतका सामग्री बरामद गरेको छ ।

पक्राउ परेका ६ जनाबिरुद्ध सुनसरी जिल्ला अदालतबाट नेटवर्किङ्ग ठगी मुद्दामा म्याद थपेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here