सडक अतिक्रमण हटाउन शिवसताक्षीको निर्देशन

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

शिवसताक्षी ।

सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन दिएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिएका हुन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग र नगरका सहायक मार्गमा छाप्रा, टहरा निर्माण गर्ने तथा निर्माण सामग्री राख्ने, सडक किनारमा दलहन बाली लगाउने, पशु चौपाय बाँध्ने, बिस्कुन सुकाउने सडकका नाली अतिक्रमण गर्ने कार्यले सवारीसाधन आवागमनमा समस्या भई दुर्घटना हुने गरेको र वातावरण समेत दूषित हुने भएकाले नगरले सूचना नै जारी गरेर हटाउन निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

उनले स्थानीय क्षेत्रमा हुने सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गरी सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य राखेर मंगलबार सूचना प्रकाशन गरेको बताए । सूचनालाई अटेर गरी अतिक्रमण नहटाए वा सो कार्य गरिरहेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने उनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here