गजल

0
262

छानामाथि टाँगिएको माकुरीको जालो हेर
कुरा काट्दै हिड्नेको मन कति कालो हेर

मान्छे हो मर्दा पर्दाखेरी काम लाग्न सक्छ
प्वाल पर्दा प्रयोग हुने कपडाको टालो हेर

सहि कुरा र सहि समय चिन्न सक्नुपर्छ
तिहारको ज्वाइ अनि श्राद्धको सालो हेर

तेरो मेरो मै हु भन्ने घमण्ड के का लागि?
दुई दिने चोलामा आफ्नो मर्ने पालो हेर

तुलसा भट्टराई,
उदयपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here