बिर्तामोडमा बस र हाइलेक्स गाडी ठोक्किँदा तीन जना घाइते

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

झापा ।

झापाको बिर्तामोडमा यात्रु बाहक बस र हाइलेक्स गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड- ६ स्थित बुट्टावारिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६४७२ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बा २० च १७३८ नम्बरको हाइलेक्स गाडी एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

बससँग हाइलेक्स गाडी ठोक्किँदा हाइलेक्सको अगाडिको भाग क्षतिग्रस्त भएको छ । दुर्घटनामा परी हाइलेक्स गाडी चालक कनकाई नगरपालिका- २ निवासी केशव चौधरी र सोही गाडीमा सवार बिर्तामोड- ५ निवासी योगेन्द्र भुर्तेल घाइते भएका छन् ।

त्यस्तै बसमा सवार मोरङकी स्वस्तिका राई सामान्य घाइते भएकी जिल्ला टाफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोककुमार जवेगूले जानकारी दिए ।

घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यता इलाका प्रहरी कार्यालय अनारमनिले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । दुर्घटना हुँदा केही समय सडक अवरुद्ध बनेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here