विवेकाश्रमको ३३ औं सभा सम्पन्न

६ आश्विन २०७९, बिहीबार मा प्रकाशित

झापा, बिर्तामोड नगरपालिका – २ चारपानेमा रहेको श्री विवेकाश्रमले ३३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य तथा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको विशेष आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।
विवेकाश्रमका व्यासाचार्य किशोर कुमार गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विवेकाश्रमका महासचिव छन्दूराम भण्डारीले स्वागत गर्दै संस्थाको नीति तथा कार्यक्रम पेश गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ भण्डारीले प्रस्तुत गरेका थिए ।


बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेल, अर्जुनधारा – ५ का वडाध्यक्ष गीताराज खड्का, शिक्षा सेवी जयनारायण ढुङ्गाना, लागतयले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका सचिव दामोदर न्यौपानेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here