कीतिमान कायम गर्दै सनी लियोन

0
671

पूर्व पोर्नस्टार सनी लियोन इन्टरनेट संजालमा हरेक दिन नयाा कीर्तिमान बनाइरहेकी छन्। हालै सर्च इन्जिन याहुले जुन लिस्ट सार्वजनिक गरेको थियो, त्यसमा पनि सनी लियोन टपमा थिइन् । लिस्टका अनुसार सनी लियोन सन् २०१४ मा मोस्ट सर्चड सेलिब्रेटी बनेकी छन्।
यसका साथै भारतमा युट्युबमा सनी लियोनलाई सबैभन्दा बढी हेरिएको छ । स्मरणरहोस् सन् २०१४ मा सनी लियोनको हट गीत ‘बेबी डल’ सबैभन्दा बढी हेरिएको छ । बेबी डललाई युट्युबमा ३९,८५०,१२१ पटक हेरिएको छ ।
यो सबका साथै सनी लियोनले एप जगतमा पनि नयाँ कीर्तिमान बनाएकी छन् । सनी लियोनको मोबाइल एपलाई मोस्ट एडमायर्ड एपको उपाधि प्रदान गरिएको छ ।
यो उपाधि ‘थर्ड एसियन सीइएफ अवार्डस’मा दिइएको हो । स्मरणरहोस् सनी लियोन स्वयमले यो उपाधिसम्बन्धी जानकारी आफ्नो फेसबुक पेजमा दिएकी हुन् ।
सनी लियोनले यो अवार्डका लागि आफ्ना फ्यान्सहरुलाई धन्यवाद दिएकी छन् । उनले आफ्नो डिजिटल टिम श्भलनबत्ख्।अयm  र वन डिजिटल इन्टरटेनमेन्टलाई पनि धन्यवाद दिएकी छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here