भीमले आविका विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री

७ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१ स्थित भीमले आधारभुत विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमकोबीच विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बरालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई दुवै सामग्री वितरण गरिएको हो ।

वितरण गरिएको सामग्रीहरुमा विद्यालय पोसाक ४७ थान, अन्य कपडा २२ थान, कपी २१६ थान र पेन्सिल ३५ प्याकेट रहेको विद्यालयका प्रधानाध्यापक डम्बर प्याकुरेलले जानकारी दिए ।

महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास निरीक्षक जमुना पौडेलले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, वडाध्यक्ष उपेन्द्र बस्नेत, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले उनीहरुलाई उक्त सामग्री वितरण गरेका थिए ।

वितरण गरिएको पोसाकहरु गत आर्थिक वर्ष ०७८/०७९मा शाखाले सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिमका सहभागीहरुले तयार पारेको शाखाकी प्रमुख पौडेलले जानकारी दिइन् ।

प्रधानाध्यापक प्याकुरेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा शिक्षक विनिता ढुंगानाले स्वागत गरेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शिक्षक उपेन्द्रप्रसाद गौतमले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here