प्याब्सन अर्जुनधाराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

८ आश्विन २०७९, शनिबार मा प्रकाशित

अर्जुनधारा ।

नेपालीहरुको साझा चाड विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको सन्दर्भमा निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) नेपाल अर्जुनधारा नगर समितिले शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका उपाध्यक्ष टिआर गौतमले उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गौतम, प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका पूर्व उपाध्यक्ष बालगोपाल गौतम, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका उपाध्यक्ष कुमार रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राजन वाग्लेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here