‘तेराख प्रतिष्ठान’ को वार्षिक साधारण सभा सम्पन्न , अध्यक्षमा शिवकुमार

८ आश्विन २०७९, शनिबार मा प्रकाशित

झापा।

साहित्यकार तेराख खतिवडाको स्मृतिमा स्थापित ‘साहित्यकार तेराख प्रतिष्ठान’को अध्यक्षमा शिवकुमार पौडेल चयन भएका छन् ।

प्रतिष्ठानको तेस्रो साधारण सभाबाट पौडेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा दुर्गादेवी खतिवडा, सचिवमा जय भण्डारी, सह सचिवमा घनश्याम घिमिरे र कोषाध्यक्षमा शुशीला दाहाल खतिवडा चयन भएका छन् ।

समितिको सदस्यमा सुरेश खतिवडा , लीना भण्डारी, मुना राना मगर, देविचरण भण्डारी, वाशुदेव खतिवडा र वाशुदेव न्यौपाने रहेका छन् ।

प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाको प्रमुख आतिथ्यमा प्रतिष्ठानको साधारण सभा भएको थियो । दुर्गादेवी खतिवडाले स्वगत गरेको कार्यक्रममा सामाजिक ब्यक्तित्व र साहित्यकारहरु चुणाामणि भण्डारी, हरि चरण वानिया, नवराज घिमिरे र छविलाल खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

आफू जीवित रहँदै साहित्कार तेराखले प्रतिष्ठान स्थापना गरेका थिए । प्रारम्भीक रुपमा १० लाख रुपौयाँको अक्षयकोष स्थापना गरी शुरु भएको प्रतिष्ठानमा उनका छोरा लेखनाथ खतिवडाले थप १० लाख रुपैयाँ प्रदान गर्दै कोषको वृद्धि गरेका छन् ।

प्रतिष्ठानले वार्षिक रुपमा उत्कृष्ठ साहित्यकार पुरस्कार, उत्कृष्ठ कृषक (विभिन्न विधा), विद्यार्थी र शिक्षकलाई सम्मान तथा पुरस्कार , साहित्य क्षेत्रमा कलम चलाउनेहरुबीच विद्यालय स्तरबाटै प्रतियोगिता गराउने जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

साहित्यकार तेजराज खतिवडा ‘तेराख’ द्वारा लिखित कृतिहरुको प्रर्दशनी गर्दै पञ्चकन्याहरुले कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव जय भण्डारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here