सहाराले बाँड्यो ९८ लाख ९० हजार

९ आश्विन २०७९, आईतवार मा प्रकाशित

लक्ष्मीपुर ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ९८ लाख ९० हजार रुपैयाँ बितरण गरेको छ ।

संस्थाले शनिवार एकै समयमा लक्ष्मीपुर, धुलावारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुङ्गा, शिवगञ्ज, चन्द्रगढी, दूधे र दमक सेवा केन्द्रमार्फत दशैंको शुभकामना आदान–प्रदानसहित सामाजिक सुरक्षा रकम वितरण गरेको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।

लक्ष्मीपुर, घैलाडुब्बा, राजगढ र दुर्गापुर सेवा केन्द्रले कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा संयुक्त कार्यक्रमको आयोजना गरी ९३ जनालाई सामाजिक सुरक्षाको रकम बितरण गरेका छन् ।

लक्ष्मीपुरमा भएको कार्यक्रममा ६० जनालाई एकल महिला प्रोत्साहन, एकल पुरुष सम्मान ५८ बर्ष पूरा भएका ६ जनालाई, ज्येष्ठ सदस्य पोषण सम्मान ६५ बर्ष पूरा भएका १६ जनालाई, ज्येष्ठ नागरिक सदस्य सम्मान ७० बर्ष पूरा भएका ५ जनालाई, अशक्त अपाङ्गसम्मान २ जनालाई, बृद्ध सदस्य सम्मान ८० बर्ष पूरा भएका १ जनालाई र परिवार राहत अन्तर्गत एकजना मृत सदस्यको परिवारलाई तीन लाख र जीिवत ७५ बर्ष पूरा भएका २ जना सदस्यलाई एक÷एक लाख रुपैयाँका दरले सामाजिक सुरक्षा रकम बितरण गरिएको हो ।

लक्ष्मीपुर सेवा केन्द्र सहयोग उपसमिति संयोजक केदार शम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–८का वडाध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत राजगढ सेवा केन्द्र प्रमुख एकादेव कट्टेलले गरेको कार्यक्रममा संस्थाको समग्र बस्तु तथा सेवा साथै वर्तमान वित्तीय अवस्थाका बारेमा बिर्तामोड अनुगमन अधिकृत धनश्याम रायले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख खम्बराज काफ्लेले गरेका थिए ।

कार्यक्रममा एकल महिला प्रोत्साहन ७१० जनालाई ५६ लाख ८० हजार, ज्येष्ठ सदस्य पोषण सम्मान ६५ वर्ष पूरा भएका १९४ जनालाई ११ लाख ६४ हजार, ज्येष्ठ नागरिक सदस्य सम्मान (७० वर्ष पूरा भएका) ९३ जनालाई ७ लाख ४४ हजार, बृद्ध सदस्य सम्मान (८० वर्ष पूरा भएका)लाई प्रदान गरिएको थियो ।

त्यस्तै ९ जनालाई ९० हजार, एकल पुरुष सम्मान (५८ वर्ष पूरा भएका) १७ जनालाई १ लाख २ हजार, अशक्त अपाङ्ग सम्मान १५ जनालाई १ लाख ५० हजार दीर्घायु सदस्य सम्मान ४ जनालाई (८५ वर्ष पूरा गरेका) १ लाख, परिवार राहत (सदस्यको मृत्यु भएका वा सदस्य ७५ पूरा भएका ) १२ जनालाई १५ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष हरिबहादुर राजवंशीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

संस्थाका अध्यक्ष राजवंशीद्वारा हस्ताक्षरित बिज्ञप्तिका अनुसार ०७९ भदौ मसान्तसम्मका सूचकहरु शेयर पुँजी १ अर्व ६३ करोड १८ लाख ९१ हजार ८००, साधारण जगेडा कोष १ अर्ब ११ करोड १९ लाख ८२ हजार ९५८, कूल बचत ९ अर्ब ९६ करोड ३५ लाख २२ हजार ४६७, लगानीमा रहेको ऋण १२ अर्व ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, सदस्य संख्या १ लाख ६० हजार २५ जना, ऋणी संख्या ८७ हजार ७० जना, कर्मचारी संख्या ५ सय २० र बैंक तथा नगद मौज्दात १ अर्ब ६३ करोड ०७ लाख ४४ हजार ८ सय १६ रुपैयाँ रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here