नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष संग्रौलालाई पति शोक

0
448

बिर्तामोड,  नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष तथा नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुशीला संग्रौला पोखरेललाई पति शोक परेको छ ।


अर्जुनधारा १० कालीझोडास्थित प्रगति सामुदायिक बनमा देवी प्रसाद पोखरेल मृत अवश्यामा फेला परेका हुन् । बिर्तामोड नगरपालिका ४ मा स्थायी बसोवास गर्ने ६३ बर्षीय पोखरेल शनिवार अपरान्ह्रदेखि सम्पर्क बाहिर रहेको र आज विहान चारआली जंगलमा मृत फेला परेको बताइएको छ ।
इलाम जाने भनी उनी चार दिनदेखि घर बाहिर रहेको बताइएको छ ।
पोखरेल शव घोप्टो परेको अवस्थामा आईतबार बिहान जंगल भएर आवतजावत गर्ने स्थानीयहरुले फेला पारेर प्रहरीलाई खवर गरेको बताइएको छ ।
मृतक पोखरेलका एक छोरा निश्चल र एक छोरी सुनिन्जा पोखरेल रहेका छन् ।
पारिवारिक श्रोतका अनुसार पोखरेलको कनकाई माईमा आजै अन्त्येष्टि गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here