कमल गाउँपालिकामा डेंगु संक्रमण नियन्त्रण र रोकथाम सम्बन्धी अन्तरक्रिया

0
345

उमानाथ भण्डारी,
कमल ।

डेंगु संक्रमण बढ्न थालेपछि झापामा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिन थालेकाछन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि जिल्लामा स्थानीय तह यसको नियन्त्रणमा लागेका हुन् ।

यसै क्रममा आज झापाको कमल गाउँपालिकाले समेत डेंगु संक्रमण बढ्न थालेपछि यसको नियन्त्रण र रोगथामकालागी सरोकारवाला संग छलफल र अन्तरकृया सूरु गरेको हो । अन्तरकृया कार्यक्रमको कमल गाउँपलिका अध्यक्ष हुकुम सिंह राईले गर्नु भएको थियो ।

गाउँपालिकाले डेंगु संक्रमण बढ्न नदिनमालागी आज जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख, संघ सस्थाका प्रतिनिधी, विध्यालयका प्रध्यानाध्यापक तथा शिक्षक पालिकाका स्वस्थ्यकर्मि लगातको उपस्थितीमा डेंगु संक्रमणको रोगथामकालागी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको स्वस्थ्य शाखाले जनाएको छ ।

देशभर डेंगुको संक्रमण बढी रहेको छ यस्तो अवस्थामा झापाको कमल गाउँपालिकाका समेत डेंगुको विरामी देखिन थालेकोले यसलाई रोगथाम गर्नका लागी सरसफाईमा विशेष ध्यानदिनु पर्नेहुन्छ । यस्ता जनचेचना मुलक कार्यक्रम गर्दै नागरिकलाई डेंगु संक्रमण बाट जोगाउनकालागी कमल गाउँपालिका स्वस्थ्य शाखा लागीपरेको शाखा प्रमुख ईन्द्र अर्यालले बताउनु भयो ।

स्वस्थ्यकर्मिको एकल प्रयासले मात्र डेंगु संक्रमण नियन्त्रण र रोकथाम गर्न सम्भव हुदैन यसकालागी जनप्रतिनिधीका साथै विध्यालय, विभिन्न संघ सस्थाको पनि उत्तिकै भुमिका हुनेभएकोले सबै एकजुट भएमात्र डेंगु संक्रमणलाई नियन्त्रण गर्न सकिने अर्याल बताउनुहुन्छ ।

डेंगु भाईरषबाट संक्रमित एडिस जातको पोथि लामखुट्टेको टोकाईबाट मानिसमा यो रोग सर्ने गर्दछ । झापामा अहिले सम्म ४४ जनामा यो रोग लागेको पुष्टि भएको स्वस्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरिक्षक विष्णुलाल श्रेष्ठले बताउनु भयो । यो लामखुट्टेले घाम झुल्किनु र अस्ताउनु भन्दा २ घण्टा अगाडी टोक्ने भएकोले सामधानी अपनाउनु पर्ने समेत श्रेष्ठले बताउनुभयो ।

लामखुट्टेको टोकाई बाट बच्नकालागी घर वरीपरी पानि जम्ने खाल्डाखुल्डि पुर्ने, कुलर,घमला र फ्रिजको पानि हपतामा दुई पटक सफागर्ने , काम नलाग्ने भाँडाकुँडा, सिसी, बोटल, टायर लयातका पानि जम्ने समाग्री मा पनि जम्न नदिने गर्नाले पनि डेंगुको संक्रमण जोगिन सकिने स्वस्थ्यकर्मि बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here