मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

0
398

सुनसरी।

सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १–०२–०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका–६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्यूरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here