दोस्रो नव युवा गोल्डकप–२०७९ मा आयोजकको विजयी सुरुवात

0
324

अर्जुनधारा ।

खेलकुद क्षेत्रको प्रबद्र्धन एवम् विजया दशमीको अवसरमा दोस्रो नव युवा गोल्डकप–२०७९ आइतबारदेखि झापाको अर्जुनधारामा सुरु भएको छ ।

गोल्डकप आयोजक नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनालीको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

प्रतियोगिताका सहआयोजक अर्जुनधारा स्र्पोटीङ क्लबका अध्यक्ष अनिश न्यौपानेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा–७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले “मामा”, निवर्तमान वडाध्यक्ष नवराम ढुंगाना, समाज कल्याण उद्धार संघका अध्यक्ष धर्मानन्द गुरागाईं, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका सदस्य टेकेन्द्र पौडेल, अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिका उपाध्यक्ष भीमचन्द्र भट्टराई, क्लबका संस्थापक अध्यक्ष हीरामान शाहलगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार तुलसी श्रेष्ठले गरेका थिए ।

यसैबीच सोही दिन सम्पन्न उद्घाटन खेलमा अमरदह स्र्पोटीङ क्लबलाई ०–५ गोल अन्तरले पराजित गर्दै आयोजक अर्जुनधारा स्र्पोटीङ क्लब सेमिफाइनल पुग्न सफल भएको छ ।

आयोजकको जीतका लागि खेलको २१औं मिनेटमा पुष्प मादेन, ३३औं मिनेटमा विशाल खवास र ३७औं मिनेटमा श्याम मुर्मुले गोल गरेका थिए । त्यसैगरी खेलको ३०औं र ५२औं मिनेटमा पूजन राईले गोल गरेका थिए ।
उद्घाटन खेलका म्यान अफ दी म्याच श्याम मुर्मुलाई नगद पुरस्कार एक हजार पाँच सय प्रदान गरिएको थियो ।

स्थानीय अर्जुनधारा खेल मैदानमा सञ्चालनरत् प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद पुरस्कार एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

भोली(सोमबार)को खेल रथखोला फुटबल क्लब दार्जिलिङ र काँकडभिट्टा फुटबल टे«निङ सेन्टरबीच हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here