उमानाथ भण्डारी,
कमल ।

डेंगु संक्रमण बढ्न थालेपछि झापाको कमल गाउँपालिकामा लामखुट्टेुको लार्भा नष्ट गर्ने अभियानलाई तिब्र बनाएको छ ।
पछिल्लो समय कमल गाउँपालिकामा डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यसको नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले लामखुट्टेुको लार्भा नष्ट गर्ने अभियानलाई तिब्र दिएको हो ।
यसैक्रममा आज गाउँपालिकाको वडा नम्वर २ स्थित क्याम्पा बजार र ३ स्थित केर्खा बजारमा जनप्रतिनिधी सहित स्वस्थ्यकर्मिको टोलीले पानी जम्ने स्थान , पुराना टायर , पुराना जुत्ता चप्पल, प्लास्टिका भाडा ,पानीका ट्यांकी , गमला,लगात पनिजम्ने ठाउमा पुगेर लामखुट्टेुको लार्भा नष्ट गरीएको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले जानकारी दिनुभयो ।

आज हामी लामखुट्टेुको लार्भा खोजिगर्ने र नष्ट गर्ने अभियानमा र्छौ । यस क्रममा वडा नम्वर ३ स्थित केर्खा बजारमा लामखुट्टेुको लार्भा प्रशस्तै भेटिएको छ यसलाई नष्ट गरेका छौ । पुन सो ठाउँमा लामखुट्टेुको लार्भा उत्पादन नहोस भन्नकालागी त्यस्ता ठाउँको पानीलाई हप्तामा दुई पटक अनिवार्य सफागर्नु पर्छ भने पुराना जुत्ता चप्पल, प्लास्टिका भाडा ,पानीटंकीलाई समेत नियमित सफागर्नु पर्ने कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।
डेंगुको संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने,आँखाको गेडी दुख्ने,शरिरमा विमीरा आउने, रिंगटा लाग्ने हाडजोर्नी र मांसपेशीहरु र ढाड दुख्ने लगायतका लक्षण हुने भएकोले यस्तो अवस्था भएमा गाउँपालिकाको वडा नम्वर २ स्थित तोपगाछी स्वस्थ्य चौकी र वडा नम्वर ६ स्थित लखनपुर स्वस्थ्य चौकिमा निशुल्क परिक्षण र उपचार हुने समेत स्वस्थ्य शाखाले जनाएको छ ।






























