झापा, वीपी अध्ययन प्रतिष्ठान गौरादहको अध्यक्षमा कोमल प्रसाद ढुङ्गाना चयन भएका छन् ।
बीपीको विचार,चिन्तन , नीति र कार्यक्रम माथि निरन्तर वहस र संवाद गर्दै लोकतान्त्रिक समाजवादलाई लिएर राष्ट्र निर्माणमा अगाडि बढेको प्रतिष्ठानको शाखा विस्तार गर्ने सोच अनुरुप गौरादहमा ढुङ्गानाको अध्यक्षतामा १३ सदस्यीय शाखा विस्तार गरिएको हो ।
समितिको उपाध्यक्षमा बिनिता कटुवाल, सन्तोष प्रसाई, महासचिव इ. भानु आचार्य, सचिवमा भास्कर पाण्डे , कृष्ण शर्मा र कोषाध्यक्षमा हस्त चौहान रहेका छन् ।
त्यस्तै सदस्यहरुमा माधव कोइराला, वालकृष्ण दाहाल, जीवन कोइराला, ख्याम प्रसाद गौतम, भक्तराज निरौला र मुना कटुवाल रहेका छन् । –––





























