पथरी शनिश्चरेमा डेंगु रोकथाम अभियान सुरु

0
281

छविराज ढकाल
पथरीशनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकामा डेंगु रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम शुरु भएको छ।
आज मंगलबार नगरप्रमुख मोहन प्रसाद तुम्बापोले पथरी बजारमा डेंगु रोकथाम कार्यक्रमको सुरुवात गर्नुभएको हो।
३ दिनसम्म पथरीशनिश्चरे नगरका सबै वडाहरूले भोलि बुधबारदेखि आ( आफ्नै वडाहरुमा डेंगु विरूद्धको सचेतना कार्यक्रम संचालन हुने नगरका स्वास्थ्य शाखाका प्रमुख आचार्यले जानकारी दिनुभयो।
उहाँले नजिकिँदै गरेका नेपालीहरुका चाडपर्वहरुका लागि काठमाडौँबाट आफ्नो घर फिर्किएका ७र८ जना बाहेक आफ्नो हालसम्म नगरमा डेंगुका विमारी नभेटिएको जनाउनुभएको छ। हालसम्म डेंगु रोगको प्रभाव न्यून रहेको र बिषादी स्प्रे गर्दा नगरवासीको स्वास्थ्यमा प्रतिकुल असरहरू पर्ने कारण तत्काल आमनागरिकका लागि लामखुट्टेको उद्गमस्थल नाष्ट गर्ने अभियान संचालन गर्ने जनाएका छन्।
हाते माइकमार्फत बिहान बेलुका शरीर ढाग्ने लामो कपडा लगाएर मात्र हिड्ने,राती झुल लगाएर मात्र सुत्ने जस्ता कार्य गर्न आवहान गरिएको थियो। सोहि क्रममा जोखिम बढेको खण्डमा नगरभरी सुचना गरी डेंगुको बिषादी स्प्रे गरिने जानकारी पनि दिईएको वडा नं (२ का वडाध्यक्ष नैना राईले बताउनुभयो।
सचेतनामुलक कार्यक्रममा नगरपालिकाकी उपप्रमुख देविमाया काफ्ले ,नगरस्वास्थय शाखाका प्रमुख आचार्य, वडा नं( १, २,३ ,४,७, ८,९, र १० का वडाध्यक्षहरू क्रमशः भीम कुमार राई, नैना राई, विजय लिम्बू, लोककिरण न्यौपाने, उद्ववराज बस्नेत, नवीन कार्की, वीर बहादुर राई र जीवन खतिवडा समेतको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here