सैनिक दोस्रो नव युवा गोल्डकपको सेमीफाइनलमा

0
365

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९को मंगलबार सम्पन्न खेलमा सैनिक फुटबल क्लब विजयी भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा सञ्चालन भएको उक्त खेलमा दमक फुटबल क्लबलाई ०–३ गोल अन्तरले पराजित गर्दै सैनिक विजयी भएको हो ।

जीतसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल सैनिकको लागि खेलको ४८औं मिनेटमा सुजन लिम्बू, ५५औं मिनेटमा योगेन्द्र तामाङ र ७०औं मिनेटमा उत्सव राईले गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी घोषित सैनिकका सुजन लिम्बूलाई आयोजक नव युवा क्लबका सल्लाहकार तुलसी श्रेष्ठले नगद पुरस्कार १५ सय प्रदान गरेका थिए । सो नगद पुरस्कार सल्लाहकार श्रेष्ठले प्रायोजन गरेको हो ।

भोलि(बुधबार)को खेल बिर्तामोड फुटबल क्लब बिर्तामोड र ब्रदर्स फुटबल क्लब चन्द्रगढीबीच हुने प्रतियोगिताका सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here