आयत प्रतिस्थापन नहुँदा आर्थिक समस्या

0
291

बिर्तामोड ।

आयत प्रस्तिथापन गर्नसके मात्रै देशको अर्थतन्त्र मजबुद बन्ने एक कार्यक्रमका सहभागिहरुले जोडदिएका छन् । पछिल्लो समय परनिर्भरता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै आयमुलक कार्यमा लगानी नबढाए यसले देशको अर्थतन्त्रलाई ठूलो असर पर्ने बताइएको छ ।

बैंकमा देखिएको तरलता सम्बन्धि बिर्तामोड उद्योग वाणिज्य संघ र बिर्तामोड बैंकर्स क्लब बबीच भएको अन्र्तक्रियामा सहभागिहरुले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सबै पक्ष गम्भिर भएर लाग्नुको विकल्प नभएको बताएका छन् ।

सिद्धार्थ बैंकका सुवास श्रेष्ठले निर्यात भन्दा आयत धेरै भएकाले ठूलो रकम विदेशीने गरेको भन्दै यसलाई रोक्न सबै लाग्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय पेट्रोलियम पदार्थमा मात्रै ठूलो रकम विदेशीएको बताए । डलरको मुल्य बढ्दा हाम्रो जस्तो देशको अर्थतन्त्रमा असर पर्ने भएकाले त्यसको असर सबै क्षेत्रमा देखा परेको बताए । उनले ब्यपार घाटाले गर्दा मुलुकको ठूलो रकम विदेश गइरहेको बताए । यसलाई रोक्न नेपालमै आयमुलक काम गर्नुका साथै स्वदेशमै आत्मनिर्भर बन्ने उत्पादनहरु ग्र्नुपर्नेमा जोड दिए ।

सानीमा बैंकका अम्बिका खतिवडाले देशको ब्यपार घाटा वार्षिक रुपमा १७ सय २० खर्ब रहेको उल्लेख गरे । उनले यति धेरै रकम विदेश गएको र यसलाई गम्भिर रुपमा नलिए नेपालको अर्थतन्त्र अझ धरासायी बन्ने तर्फ चिन्ता ब्यक्त गरे । उनले आयमुकल क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरु त्यार रहेपनि राज्यले पनि त्यस अनुसारको वातावरण बनाउनु पर्नेमा जोड दिए ।

मछापुच्छे्र बैंकका रेवतीरमण नेपालले रेमिट्यान्सको भरमा मात्रै मुलुकको अर्थतन्त्र चलायमान रहेको बताए । उनले विदेशबाट पठाएको रकमको आधारमा मुलुकको अर्थतन्त्रको मापन गर्न नहुने भन्दै स्थायी रुपमा आय–आर्जन गर्न सकिने विषयमा सबै पक्ष लाग्नुपर्ने उल्लेख गरे । उनले कृषि क्षेत्रमा लगानी बढाउन जरुरी रहेको र आयत प्रस्थिापन गर्न जरुरी रहेको धारणा ब्यक्त गरे ।

कार्यक्रममा सनराइन बैंकका गणेशकुमार गुरागाईँ, मुक्तिथान बैंकका हरि ओझा लगायतले बैंक तथा वित्तिय क्षेत्रमा देखिएको समस्याका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बैंकहरुले कर्जा लगानी तथा बैंक क्षेत्रमा भएका समस्याका बारेमा जिद्धासा राख्दै सहजताका लागि समन्व्य गरिदिन आग्रह गरे ।

बैंक तथा वित्तिय क्षेत्र समन्व्य समितिका संयोजक दीपेन्द्र राउतले पछिल्लो समय अर्थतन्त्रमा परेको प्रभावले पारेको असर बारे चर्चा गरेका थिए । उनले बैंकका ऋण लिएका ऋणिहरुलाई पछिल्लो अवस्थामा परेको प्रभाव र त्यसले पारेको प्रभावको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विर्तामोड वाणिज्य संघका उद्योग उपाध्यक्ष सञ्जिव घिमिरे, उद्योग सचिव कुशल खतिवडा लगायतले बैंकिङ क्षेत्रमा परेको प्रभावका बारेमा बैंकका म्यानेजरहरुलाई जिज्ञासा राखेका थिए । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय खर्च गर्दा संयमता अप्नाउन आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागिहरुले कोरोना कहरका कारण पर्यटक आगमनमा कमीहुनु, हरेक क्षेत्रको आयतमा वुद्धिहुनु, बढ्दो ब्यपार घाटा, डलरको मुल्य आकासिनु लगायतका कारण देशका आर्थिक समस्याहरु देखा परेको उल्लेख गरेका छन् । वाणिज्य संघका महासचिव मैनालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक राउतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here