आयोजक अर्जुनधारा स्र्पोटीङ क्लब दोस्रो नव युवा गोल्डकपको फाइनलमा

१३ आश्विन २०७९, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९को फाइनलमा आयोजक अर्जुनधारा स्र्पोटीङ क्लब पुगेको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा बिहीबार सम्पन्न खेलमा सैनिक फुटबल क्लबलाई सडन डेथमा ८–९ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा पुगेको हो ।

निर्धारीत समयमा भएको खेल र टाईब्रेकरमा दुवै टिमबाट बराबर गोल भएपछी खेलको निर्णय सडनडेथबाट गरिएको थियो । निर्धारीत समयको खेलमा समान २–२ र टाईब्रेकरमा समान ५–५ गोल भएको थियो ।

आयोजकको लागि खेलको ९औं र १९औं मिनेटमा पूजन राईले दुवै गोल गरेका थिए । यता सैनिकको लागि खेलको २८औं मिनेटमा योगेन्द्र तामाङले र ५६औं मिनेटमा दिलेन लोक्तामले पेनाल्टीमार्फत् गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी आयोजकका पूजन राईलाई नव युवा क्लबका सल्लाहकार तुलसी श्रेष्ठ र अर्जुनधारा स्र्पोटीङ क्लबका अध्यक्ष अनिश न्यौपानेले संयुक्तरुपमा नगद पुरस्कार १५ सय प्रदान गरेका थिए ।

भोलि(शुक्रबार)को अन्तिम सेमीफाइनल खेल रथखोला फुटबल क्लब दार्जीलिङ र बिर्तामोड फुटबल क्लब बिर्तामोडबीच हुने प्रतियोगिताका सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here