उपाधिका लागि बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

शान्तिनगर ।

आइतबारे युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा भएको साबिक शान्तिनगर स्तरिय फुटबल कपको उपाधिको लागि आज बुद्धशान्ति ५ र मुनामदन एकाडेमी भिड्दै छन ।

यसअघि भएको पहिलो सेमिफाइनलमा मुनामदनले सट्टाभर्नालाई ३/१ ले र दोस्रो सेमिमा वार्ड ५ ले पिपल चोकलाई २/१ ले पाखा लगाउदै उपाधी भिडन्त पक्का गरेका थिए ।

बुद्धशान्ति ४ को बर्ने चिया कमानको वर्कसपमा जारी प्रतियोगिताको आज उपाधी अगडिको शो म्याचमा तरुण दल र युवा संघ भिडने आयोजक समितिका सचिव काशिहाङ चाम्लिङ राईले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको उपाधी बिजेतालाई नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपबिजेतालाई नगद ७ हजार सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रुवन खनालले जानकादिनुभयो । अध्यक्ष खनालका अनुसार प्रतियोगिताका उत्कृष्ट र उच्च गोलकर्ता लगायतलाई पनि सम्मान गरिने छ ।

खेल ठिक २:३० बाट सुरु हुने खेल आयोजक समितिले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here