गहना लुटेको आरोपमा झापाका ३ जना युवा इलाममा पक्राउ

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

इलाम ।

दशैं नजिकिएसँगै चोरी र लुटपाटका घटना बढेका छन् । इलामको माई नगरपालिका–४की ८० वर्षीया बृद्धाले लगाएको गरगहना लुटपाटमा संलग्न भएको आरोपमा झापाका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–३का ३४ वर्षीय सन्तोष मगर, मेचीनगर–३का २५ वर्षीय कुमार मगर र ३१ वर्षीय मनोराज राई रहेका छन् ।

पक्राउ परेकाहरुका साथबाट सुनका गहना र नगद ४४ हजार ३१३ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माई–४ की स्थानीय बृद्धा सरस्वती पुलामी मगरले लगाएको सुनका गरगहना लुटपाटमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

आइतबार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका विभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाएसँगै प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here