पाँच थान नक्कली नोट सहित पक्राउ

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

सिरहा,

कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here