नगदरहित आर्थिक कारोबार प्रबद्र्धन गर्न सिभिलद्वारा क्यूआर कोड वितरण

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित सिभिल बैंक लिमिटेड अर्जुनधारा शाखाले नगरपालिका क्षेत्र भई सञ्चालन हुने सवारीसाधनका चालकलाई क्यूआर कोड उल्लेख भएको परिचय पत्र र स्टीकर वितरण सुरु गरेको छ ।

नगदरहित आर्थिक कारोबारलाई प्रबद्र्धन गर्ने उद्देश्यले प्रारम्भिक चरणमा ५० वटा अटो र बसका चालकलाई उक्त परिचय पत्र र स्टीकरण वितरण गरिएको बैंकका शाखा प्रमुख कृष्ण बाँस्तोलाले जानकारी दिए ।

प्रमुख बाँस्तोलाका अनुसार आगामी दिनमा दुई सय जना बढीलाई उक्त कार्यक्रममा सहभागी गराउने बैंकको लक्ष्य रहेको छ । सोही कार्यक्रमको अवसरमा फ्लोरसीङ ज्याकेट पनि वितरण गरिएको बताइएको छ ।

बैंकका शाखा प्रमुख बाँस्तोला र कर्जा अधिकृत अञ्जन वाग्लेले उनीहरुलाई उक्त सामग्रीहरु वितरण गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here