नव युवा गोल्डकप–२०७९को फाइनलमा आयोजक र बिर्तामोडले प्रतिस्पर्धा गर्ने

१४ आश्विन २०७९, शुक्रबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९को फाइनलमा आयोजक अर्जुनधारा स्र्पोटीङ क्लब र बिर्तामोड युनाईटेड फुटबल क्लब बिर्तामोडले प्रतिस्पर्धा गर्ने भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा रथखोला फुटबल ट्रेनिङ सेन्टर दार्जीलिङलाई १–३ गोल अन्तरले पराजित गर्दै बिर्तामोडले फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।

बिर्तामोडको जीतका लागि खेलको ५औं र २४औं मिनेटमा आशिष चापागाईंले दुई गोल गरेका थिए । त्यसैगरी तेस्रो गोल खेलको ५०औं मिनेटमा मिलन राईले गरेका थिए । यता पराजित टिम दार्जीलिङका लागि खेलको ८औं मिनेटमा सञ्जय भण्डारीले गोल गरेका थिए ।

खेलको उत्कृष्ट खेलाडी बिर्तामोडका आशिष चापागाईंलाई प्रमुख अतिथि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष देवराज घिमिरे र अधिवक्ता स्वागत नेपालले संयुक्तरुपमा नगद पुरस्कार १५ सयसहित पुरस्कृत गरेका थिए ।

गत असोज ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल यहि आइतबार फूलपातीका दिन हुने सञ्चार संयोजक कमल पोखरेलले जानकारी दिए । प्रतियोगिताका विजेता र उपविजेताले क्रमश नगद पुरस्कार एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here