सबै पक्षसंग साझेदारी गर्दै अघि बढ्छौं– प्याब्सन झापा

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड ।

शैक्षिक क्षेत्रको विकासका लागि सबै पक्षसंग साझेदारी गर्दै अघि बढ्ने प्याब्सन झापाले जनाएको छ ।

नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनका अध्यक्ष गौरीमान फागोले संस्थागत विद्यालयको शैक्षिक सुधार तथा उन्नतिका लागि सबै पक्षसंग साझेदारी गर्दै अघि बढ्ने उल्लेख गरे । नेपालीहरुको महानपर्वहरु बडा दशैं, तिहार, छठ, नेपाल सम्मत लगायतका पर्वहरुको शुभकामना दिदैं अध्यक्ष फागोले शिक्षा ऐन बनाउँदा संस्थागत विद्यालय प्रतिभेदभाव गर्न नहुने बताए ।

उनले नीजि शैक्षिक संस्था कम्पनी ऐन अन्र्तगत दर्ता भएर सञ्चालनमा रहेकोले दोहोरो कर तिर्न नसक्ने बताए । उनले स्थानीय तहले अनावश्यक रुपमा कर लगाउन खोजेको भन्दै शैक्षिक क्षेत्रलाई अन्य ब्यपार जस्तो नसम्झिन अनुरोध समेत गरे ।

कार्यक्रममा प्याव्सन झापाका सचिव एवम् सुचना तथा सञ्चार शाखाका संयोजक हरिकृष्ण पाठकले शैक्षिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रको ठूलो योग्दान रहेको भन्दै नीजि क्षेत्रको योग्दानलाई कसैले भुल्न नहुने बताए ।

कार्यक्रममा प्याव्सन झापा अन्तरगत दमक, गौरीगञ्ज, शिवसताक्षी, अर्जुनधारा, मेचीनगर, कमल, बुद्धशान्ति लगायतका क्षेत्रका नगर तथा पालिका अध्यक्ष तथा सदस्यहरुले शिक्षा क्षेत्रमा देखिएका समस्या र प्याव्सनले खेलेको भूमिकाको चर्चा गरेका थिए ।

कार्यक्रममा शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here