झापा बाल सञ्जालको अध्यक्षमा अभिशेक मिश्र

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

सुरुङ्गा ।

झापा जिल्लाभरका प्रतिनिधिमूलक रूपमा बाल सञ्जालहरूको भेलाले झापा बाल सञ्जाल गठन गरेको छ ।

बालबालिकाको हकहित साथै बालमैत्री जिल्ला निर्माण गर्ने उद्देश्यले झापामा पहिलो पटक झापा बाल सञ्जाल गठन भएको हो । बाल सञ्चालको भेलाले अध्यक्षमा अभिशेक मिश्रलाई चयन गरेको छ ।

कनकाई नगरका बालअधिकारको क्षेत्रमा क्रियाशील अभियन्ताको रूपमा परिचित मिश्र विभन्न संघसंगठनमा पनि आबद्ध रहेका छन् । सर्वसम्मत गठित सञ्जालको उपाध्यक्षमा भावना पोखरेल, सचिवमा बिनोद थापा, सह–सचिवमा निरन्जन मैनाली र कोषाध्यक्षमा लक्ष्मी गिरी रहेका छन् ।

त्यसैगरी सदस्यमा शितल अधिकारी, नबिना सुबेदी, मनिष बराल, सौगात घिमिरे, किस्मिका पोखरेल, लेलिना गौतम, आरोग्य तिम्सिना, रञ्जना बस्नेत र मनिषकुमार साह चयन भएका छन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्य रहेको थियो भने उपप्रमुख शान्ता रोकाको विशिष्ट आतिथ्य रहेको थियो । स्वागत बाल सञ्जाल कमल गाउँपालिका अध्यक्ष बिनोद थापाले गरेको कार्यक्रमको सञ्चालन बाल सञ्जाल भद्रपुर नगर अध्यक्ष भावना पोखरेलले गरेकी थिइन् ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकाल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर जिम्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here