ज्येष्ठ सदस्यलाई सम्मान र उपचार राहत

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

बिर्तामोड।

अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गरेको छ।

झापाको बिर्तामोड–१० स्थित सैनिकबजार सेवा केन्द्रले आफ्ना जेष्ठ शेयर सदस्य कविराज गौतमलाई नगद ५ हजारसहित सम्मान गरेको हो।

संस्थामा आबद्ध सैनिबजार निवासी ७१ वर्षीय गौतमलाई सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया सुनुवार,एकाइ उपसमिति संयोजक कमल खतिवडा, रत्नबहादुर बस्नेत, कार्यालय प्रमुख सन्तोष ढुंगाना,सामुदायिक प्रमुख पवन मैनालीलगायतले खादा र अबिर लगाएर सम्मान गरेका थिए।

संस्थाको नियम अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यलाई संस्थाले प्रत्येक वर्ष सम्मान गर्ने गरेको बताइएको छ। संस्थाले ५७ वटै सेवा केन्द्रका मापदण्ड पुगेका ज्येष्ठ सदस्यलाई एकसाथ सम्मान गरेको थियो।

कार्यालय प्रमुख ढुंगानाले सहजीकरण गरेको कार्यक्रममा एकाइ सदस्यहरु देवीप्रसाद पौडेल,किरण शेर्पा,प्रतिमा बराल,सदस्य सहजकर्ता चन्द्रबहादुर राई, निशा लिम्बू,कर्मचारी लुवराज प्रसाईलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी संस्थाले एक कार्यक्रमकावीच शेयर सदस्य ओमबहादुर गुरुङलाई दीर्घ रोग उपचार राहत अन्तरगत नगद २५ हजार प्रदान गरेको छ। एकाइ उपसमिति सदस्य समेत रहेका गुरुङ मृगौलासम्बन्धी रोगको उपचार गराइरहेका छन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here