रोङमा उद्योग वाणिज्य संघ

१५ आश्विन २०७९, शनिबार मा प्रकाशित

गणेश अर्याल इलाम ।

इलामको रोङ गाउँपालिकामा उद्योग बाणिज्य संघको स्थापना भई सस्था दर्ता गरी कार्यालय स्थापना गरेको छ ।

हालै एक कार्यक्रम गरी सस्थाको कार्यालय स्थापना गरेको हो । रोङ गाउपालिका ३ स्थित गाउँपालिका नजिकै कोठा भाडामा लिएर कार्यलय स्थापना गरेको तदर्थ समितिका सचिब डाइमण्ड तिम्सिनाले बताउनुभयो ।

रोङ गाउपालिकाका अध्यक्ष मणिकुमार स्याङबो तामाङले गाउँपालिकाको बिकासको लागि सरकारी क्षेत्र भन्दा नीजि क्षेत्र सक्रिय हुुनु पर्ने बताउनु भएको छ । कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष तामाङले आफू पनि उद्योगी ब्यापारी भएको बताउदै ६०३४३८१९२ नम्बरमा भ्याटमा दर्ता गरेर आफूले ब्यवसाय गर्दै आएको सुनाउनुभयो ।

उहाँले समाजमा ब्यपारीहरु प्रति हेरिने दृष्टिकोण कमजोर भएको बताउनुभयो । रोङमा स्थापना भएको उद्योग बाणिज्य संघले यो दृष्टिकोणमा सुधार ल्याउन अध्यक्ष तामाङले सुझाब दिनुभएको छ । कार्यक्रममा एमाले रोङका अध्यक्ष खड्ग आले मगर नेपाली काग्रेसका देबी प्रसाद अर्याल राप्रपाका मेघनाथ आचार्य, पाथीभरा साना पर्यटन ब्यवसायी समुहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

उद्योगी ब्यपारी सुरक्षा कर्मी जनप्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रम संघका अध्यक्ष नगेन्द्र रार्इको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस अघि नगेन्द्र राईको अध्यक्षतामा बनेको तथर्द समितिले बिधान बनाउने, सस्था दर्ता गर्ने पान नम्बर दिने लगायतको काम गरेको बताइएको छ । समितिको उपाध्यक्षमा अर्जुन ढकाल, सचिब डायमन्ड तिम्सिना, कोषाध्यक्ष सिता न्यौपाने, रहुन भएको छ ।

त्यसैगरी सदस्यहरुमा कृष्ण श्रेष्ठ, मादब निरौला, द्रोण आचार्य, चिन्तामणि बराल, नन्द कुमार गुरुङ मेनुका भुजेल राई, भोला नाथ वाइबा शुष्मा ढकाल शर्मा र केदारनाथ अधिकारी रहनु भएको छ । त्यसैगरी रणबहादुर गुरुङ सल्लाहकार प्रमुखको रुपमा रहनु भएको छ ।

रोङको सबै वडामा सदस्यता बिस्तार गरेर संघलाई दरिलो बनाउने अध्यक्ष राईले बताउनु भएको छ । गाउपालिकाको राजस्व बृध्दि हुनमा उद्योग बाणिज्य संघले भुमिका खेल्ने अध्यक्ष रार्इले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here