पथरीशनिश्चरे –८ मा बडा दशैँको सातौ दिन फूलपाती भित्र्याइयो

१६ आश्विन २०७९, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे ।

बडा दशैंको सातौं दिन फूलपातीको अवसरमा पथरी शनिश्चरे नगरपालिका वडा नं ८ सोमबारेमा रहेको नवदुर्गा भगवती मन्दिरमा फुलपाती भित्र्याइएको छ।

आइतबार नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा सोमबारे बजार परिक्रमा गरी फुलपाती भित्र्याइएको हो ।

डा अध्यक्ष नवीन कार्की, वडा सदस्य बाबुराम चौधरी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर कार्की, स्थानीय समाजसेवीहरु रामदेव चौधरी, गोविन्द कार्की, रामवहादुर थापा, वीरबहादुर कार्की, टिकाराम खड्का, जयकुमार भट्टराई, चोकराज कटुवाल, शंकर शाह, लगायतको उपस्थिति थियो ।

उक्त नवदुर्गा भगवती मन्दिर निर्माणका लागि चालू आर्थिक बर्षमा पर्यटन विकास अन्तर्गत प्रदेश नम्बर १ सरकारबाट १० लाख रुपैंया बजेट विनियोजन भएको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here