नव युवा गोल्डकप–२०७९ को उपाधि आयोजक अर्जुनधारालाई

१६ आश्विन २०७९, आईतवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकप–२०७९को उपाधि आयोजक अर्जुनधारा स्पोटीङ क्लबले जितेको छ ।

अर्जुनधारा–७ स्थित अर्जुनधारा खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाईटेड फुटबल क्बललाई ०–२ गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।

आयोजकको जीतका लागि खेलको १२औं मिनेटमा विकास खवास र ५५औं मिनेटमा सौरभ लिम्बूले गोल गरेका थिए ।

जितसँगै प्रतियोगिताका विजेता आयोजक र उपविजेता बिर्तामोडले नगद पुरस्कार क्रमश एक लाख एक हजार एक र ५१ हजार एकसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी श्याम मुर्मु, उत्कृष्ट गोलरक्षक सञ्जय गुरुङ, उत्कृष्ट रक्षक एजिस खड्का, उत्कृष्ट मिडफिल्डर रोमन भूजेल, सर्वाधीक गोलकर्ता पूजन राई र उदीयमान खेलाडी निश्चल बस्नेत घोषित भएका छन् । सबै आयोजक टिमका उनीहरुलाई नगद पुरस्कार जनही तीन हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो ।

त्यस्तै फाइनल खेलका उत्कृष्ट खेलाडी घोषित आयोजकका सौरभ लिम्बूलाई युवा व्यवसायी सुरेन राईले नगद पुरस्कार १५ सयसहित ट्रफी प्रदान गरेका थिए । उक्त नगद पुरस्कारको प्रयोजन स्वयं राईले गरेका थिए ।

प्रतियोगिताका विजेता, उपविजेता र विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, वडाध्यक्षद्वय अम्बरबहादुर कटुवाल र गोविन्दप्रसाद खतिवडा, समाज उद्धार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईं, नव युवा क्लबका सल्लाहकारद्वय केदारनाथ पराजुली र तुलसी श्रेष्ठ, अध्यक्ष देबेन्द्र मैनाली, अर्जुनधारा स्र्पोटीङ क्लबका अध्यक्ष अनिश न्यौपानेलगायतले पुरस्कारहरु प्रदान गरेका थिए ।

सोही कार्यक्रममा पूर्व खेलाडीत्रय कृष्णबहादुर थापा, धनबहादुर काफ्ले र खुसबहादुर खड्का, जग्गादाता भीम काफ्लेलाई सम्मानित गरिएको थियो । त्यसैगरी प्रतियोगितालाई सम्पन्न गराउन आर्थिक सहयोग प्रदान गर्ने दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

आयोजक क्लबका सल्लाहकार श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा झापाको अर्जुनधारा–४स्थित ब्राइट बिग्निङ एकाडेमीका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन उर्मिला दाहालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here