काठमाडौंबाट झापा आउँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु

१७ आश्विन २०७९, सोमबार मा प्रकाशित

झापा ।

काठमाडौंबाट झापाका लागि हिंडेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

झापाको गौरीगञ्ज तर्फ आउदै गरेको यात्रुवाहक बस दुर्घटना भएको हो । ना ७ ख २०३२ नम्बरको भावना डिलक्स बस हेटौडा उपमहानगरपालिका वार्ड नं। १५ चुरियामाईमा आइतबार राती करिब १२:३० बजे दुर्घटना हुँदा दमक ५ का ६० बर्षिय डिल्लीबहादुर दर्जी र बेलबारी ८ की ५१ बर्षिया कल्पना राजवंशीको मृत्यु भएको हो ।

अन्य ३६ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको हेटौटा अस्पतालमा उपचार भईरहेको छ भने अरू सामान्य उपचारपछि घर फर्किएको जिल्ला ट्राफिक कार्यालय मकवानपुले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here