युक्रेनी भू–भाग कब्जा गर्ने रुसी कदमलाई मान्यता दिदैनौँ स् बाइडेन

१७ आश्विन २०७९, सोमबार मा प्रकाशित

एजेन्सी।

अमेरिकाले कहिल्यै पनि युक्रेनको भू–भाग कब्जा गर्ने रुसी प्रयासलाई मान्यता नदिने राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

बीबीसीका अनुसार रुसी राष्ट्रपति भलादिमिर पुटिनको शुक्रवार युक्रेनका चारवटा नयाँ क्षेत्र रुसमा गाभिएकोबारे औपचारिक घोषणा कार्यक्रम सुरु हुनु अघि बाइडेनले यस्तो बताएका हुन् ।

क्रेमलिनले हालै सम्पन्न जनमत संग्रहमा युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिझझिया र खेर्सोनका वासिन्दाले रुसको भू–भागमा विलय हुने पक्षमा मतदान गरेको जनाएको छ । तर, युक्रेन र पश्चिमी जगतले यस मतदानलाई ‘बहानावाजी’ मात्र भएको भन्दै आलोचना गरेका छन् । ती भू–भाग कब्जा गरे वापत अमेरिकाले रुसमाथि नयाँ नाकावन्दी लगाउनेछ ।

बिहीबार पुटिनले जापोरिझझिया र खेर्सोन स्वतन्त्र भू–भागको मान्यता दिने दुईवटा घोषणा पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here