विद्यालय स्थापनाको ६४ वर्षपछि स्मारिका प्रकाशन

0
615

अर्जुनधारा,विद्यालय स्थापनाको ६४ वर्षपछि झापाको अर्जुनधारा–११स्थित महारानीगञ्ज माध्यमिक विद्यालयले पहिलो पटक स्मारिका प्रकाशन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितमान ढकालको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा सोमबार आयोजित स्मारिका विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा विद्यालयले उक्त स्मारिका सार्वजनिक गरेको थियो ।
विद्यालय स्थापनादेखि हालसम्मको गतिविधिहरुलाई दस्तावेजिकरण गर्ने उद्देश्यले प्रकाशन गरिएको “महारानीगञ्ज माध्यमिक विद्यालय स्मारिका–२०७९”को प्रमुख अतिथि तामाङ, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, निवर्तमान वडाध्यक्ष भैरवबहादुर खड्का, साहित्यकारद्वय केशव आचार्य र पुण्य खरेललगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
विद्यालयका पूर्व प्रधानाध्यापक एवम् स्मारिका सम्पादन समितिका प्रधान सम्पादक हस्त परियारको सम्पादनमा तयार भएको उक्त स्मारिकामा विभिन्न लेख, रचना, फोटो फिचर आदि उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा स्मारिका सम्पादन समितिका प्रधान सम्पादक परियारसहित सह– सम्पादक लवकुश गौतम, सदस्य सचिव लीलाधर चौलागाईं, सदस्यद्वय पुण्य सुवेदी र भगवती कोइराला, भाषा सम्पादक सूर्यप्रसाद सापकोटा र सम्पादन सहयोगी रोहितकुमार भट्टराईलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा डा.खगेन्द्रप्रसाद दाहाल, राजकुमार सुब्बा “अनिश्चत”, माया मितु, बलिभद्र कोइराला “विवश”, सहायक प्रधानाध्यापक लीलाधर चौलागाईं, विद्यार्थी निकिता सोरेनलगायतले रचना वाचन गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत राई, वडाध्यक्ष खगेन्द्र इङनाम, साहित्यकार आचार्य, कवि मुनाराज शेर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भैरवबहादुर खड्का, पूर्व विद्यार्थी रोहितकुमार भट्टराईलगायतले मन्तव्य राखेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए ।
शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत गरेको कार्यक्रममा शिक्षक एवम् विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here