छोराको जन्मोत्सवको अवसर पारेर असाहय वृद्धालाई खाद्यन्य सहयोग

१९ आश्विन २०७९, बुधबार मा प्रकाशित

कौशल भण्डारी
झापा, झापाको बिर्तामोड निवासी समिल राई र ससिता राईले आफ्ना छोराको जन्मोत्सवको अवसर पारेर असाहय वृद्धालाई खाद्यन्य सहयोग गरेका छन् ।
अर्जुनधारा नगरपालिका – ८ निवासी आरती लिम्बू नेम्वाङलाई बिर्तामोड ४ निवासी राई दम्पत्तिले छोरा जोसन राईको जन्मोत्सवमा सहयोग गरेका हुन् । विजया दशमी जस्तो महान चार्डमा समेत आर्थिक अभावका कारण हात मुख जोर्न समस्या भएको थाहा पाएलगत्तै राईले छोराको जन्मोत्सवमा गरिने खर्चलाई कटाएर वृद्ध महिलालाई सहयोग गरेका हुन् । उनले ति महिलाको घर निर्माणमा समेत सहयोग पु¥याउने बताएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here