गठबन्धनका विषयमा एमाले अध्यक्ष ओलीले कांग्रेस महामन्त्री शर्मासंग जिज्ञासा राखे

१९ आश्विन २०७९, बुधबार मा प्रकाशित

झापा, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा अ‍ेलीले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा समक्ष गठबन्धनका विषयमा जिज्ञासा राखेका छन् ।

शर्माले ओलीको प्रश्नको जवाफमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने गरी अघि बढेको बताएका छन् ।
झापाको चन्द्रगढीस्थित विमानस्थलमा वुधवार भेट भएका अध्यक्ष ओली र शर्मा बीच झण्डै ४५ मिटेन कुराकानी भएको थियो । सो क्रममा ओलीले भने गठबन्धनमा आवद्ध दलहरुको तालमेलले एमालेलाई जित निकाल्न सहज भएको जवाफ फर्काएका छन् ।

महामन्त्री शर्माले एमाले र कांग्रेस दुबै आफ्नै बलबुतामा हिँड्न नखोजेको र एउटाको कमजोरीमा टेकेर अर्को उठ्न खोज्ने परिस्थिति बन्नु दुखद भएको शर्माले बताउँदा ओली सहमति जनाएका थिए । ओली र विश्वप्रकाशबीच गृह जिल्ला झापाको आन्तरिक राजनीतिका विषयमा भने खासै कुरा भएन ।

दशैं मानेर गृह जिल्ला झापाबाट काठमाडौं फर्कने क्रममा बुधबार चन्द्रगढी विमानस्थलमा ओली र शर्माको भेट भएको थियो ।

एमाले अध्यक्ष ओली झापा ५ बाट चुनाव लड्दैछन् भने कांग्रेस महामन्त्री शर्मा झापा १ बाट । पाँचदलीय गठबन्धनको भागवण्डामा झापा ५ माओवादी केन्द्रले पाउने सम्भावना छ भने शर्माको क्षेत्र १ मा एमालेबाट रवीन कोइरालाको नाम सिफारिस भएको छ, तर अग्नि खरेल उठ्ने सम्भावना छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here