सामाजिक बन्देज तोड्दै आमाको काजकिरिया

२० आश्विन २०७९, बिहीबार मा प्रकाशित

छविराज ढकाल
पथरी
मोरङको कानेपोखरी ६, हनुमान चोककी एक छोरीले आफ्नी आमाको अल्पायुमा निधन भएपछि हिन्दु संस्कार अनुसार काजकिरिया गरिरहेकी छिन्।
दुनिया सारा दशैंको हर्षोल्लासमा रमाई रहेको बेला आफ्नी ४० बर्षीया आमा देवी विश्वकर्माको गत असोज  १४ गते निधन भएपछि छोरी दुर्गाले भने दिवंगत आमाको काजकिरिया गरिरहेकी हुन् ।
१८ वर्षकी जेठी छोरी दुर्गाले काजकिरियाको सम्पुर्ण जिम्मेवारी लिएर काजकिरिया गरिरहेकी छिन्। उनी दुर्गा जनसेवा मावि कक्षा १२ मा पढ्दछिन् भने अर्की ८ वर्षकी कान्छी छोरी शितल मुलगाउँको प्रगतिशिल आधारभूत विद्यालयमा कक्षा (१ मा पढ्छिन् ।
हिन्दु संस्कार अनुसार समाजमा पछिल्लो समयमा छोरीले आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा किरिया बस्नु हुदैन भन्ने गरिए पनि उनीहरूले यहाँ त्यो संस्कार र चलनलाई तोड्दै उदाहरणीय छोरीको रूपमा आफूलाई स्थापित गरेका छन् ।
विपन्न परिवारकी दुर्गाका बुबा भने टिकाराम विश्वकर्मा यतिबेला घरकै गर्जो टार्नकै लागि काठ्माडौँमा मजदूरी गर्दछन् । स्वर्गीय श्रीमती देवी विक लामो समयदेखि मुटु रोगीले थलिएकी थिईन । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई कानेपोखरी गाउँपालिकाका छोरीहरूले तोडिदिएका हुन्। दिवंगत आमाको किरियापुत्री बस्दै उनीले समाजमा छोरीमाथिको भेदभाव र असमानताविरुद्ध दर्हरिलो सन्देश फैलाएका हुन् ।
बिकको पारिवारिक स्थिति निकै नाजुक रहेकोले बिहान(बेलुकाको खाना जुटाउन पनि धौ(धौ पर्ने छ । आमाको मृत्यु भएको दिन ६ नं। वडा कार्यालयले आपतकालीन सहयोग स्वरुप ५ हजार रुपैयाँ सहित केही खाद्यान्न उपलब्ध गराएको अध्यक्ष खडग बहादुर बस्नेतले बताएका छन् । उनले भने, ‘आवश्यक परेको खण्डमा पुनः हामी सहयोग गर्नेछौं’ ।
कानपोखरी ६ मा यो दोश्रो घटना हो। यो भन्दा अघि कानेपोखरी ६, दहिधापमा बुवा लिलानाथ पुरीको काजकिरिया छोरी रनमाया पुरीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here