देशभरका खोलानालामा पानीको सतह बढ्यो

२० आश्विन २०७९, बिहीबार मा प्रकाशित

झापा,
मनुसनी गतिविधी सक्रिय भएर बुधबार राति तथा बिहीबार बिहान परिरहेको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ ।

चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो ।

आकस्मिक बाढीको सम्भावना रहेकाले सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार बिहीबार बिहान गरिएको मापनमा चितवनको देवघाटमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । चितवन नवलपरासी तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बेलुकासम्म नै उच्च सर्तकता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here