गोमन सर्पको डसाईबट बालिकाको निधन

२० आश्विन २०७९, बिहीबार मा प्रकाशित

सुरुङ्गा, सर्पको डसाईबाट झापामा एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका – २ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा रहेको प्रहरीले जनाएको छ । उनी गौरादह नगरपालिका वडा नम्बर ९ बैगुन्धुरा मावलमा दशैंको टिका लगाउन गएकी थिइन् । उनलाई बुधवार राति गोमन सर्पले डसेको बताइएको छ । भुइँमा ओछ्यान लगाएर सुतेको बेला राति साढे एक बजेतिर बालिकालाई सर्पले डसेको र उपचारका लागि लाईफलाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भगिनी संगठन अखिल नेपाल महिला संघ १ नम्वर प्रदेश कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी हुन् श्रुति ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here