काठमाण्डौं ।

चीनको लगातारको हस्तक्षेप र सैन्य अभ्यासले ताइवानमा शान्ति र स्थिरता राख्ने लक्ष्यमा जोखिम बढेर गइरहेको छ। चीनले लगातार ताइवान माथी दबाब बढाउन सैन्य अभ्यास तिब्र परिरहेको अबस्थामा विश्वका कयौं मुलुकहरू बाट चिनको चर्को आलोचना भइरहेको छ।
चीनले ताइवानलाइ धेराबन्दी गरेर गैर जिम्मेवार र उत्तेजना फैलाउने काम गरेको आरोप लाग्दै आइरहेको छ। चीनिया शैनिक गतिविधि हरुले ताइवानको शान्ति र स्थिरतालाई यथास्थिति बाट युद्ध तिर लाने र मुठभेडको राजनीति गर्ने प्रयासको रुपमा हेर्न थालिएको र चीनको गैर जिम्मेवार र उत्तेजनापुर्ण यस्ता कदमले जोखिम बढाउदै जाने देखिन्छ।यस्ता गतिविधि ताइवानको रास्ट्रियता र क्षेत्रीय शान्तिको लक्ष्य बिपरित रहेको साथै बिस्वमा भइरहेको राजनैतिक ध्रुवीकरण लाई अझ नकारात्मक दिशा तिर लैजाने अबस्थाको सिर्जना हुने देखिन्छ।
अमेरिकी सभामुख नान्सी पेलोसी नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेपछी चिनले आक्रमक गतिविधि हरु सहित सैन्य अभ्यासलाई तिब्र पारेपछी अमेरिका र चीन बिच पनि तनाब बढेर गएको छ।पेलोसिको ताइवान भ्रमणले ताइवानमाथीको आफ्नो स्वामित्वको क्षेत्रमा चुनौती दिएको चिनको बुझाइको कारण ले अहिलेको अस्थिर अबस्थामा सिर्जना भएर गएको छ।
पेलोसिको ताइवान भ्रमण लगत्तै चिनले ताइवान स्ट्रेटमा सैन्य अभ्यासहरु सुरु गरेको थियो र त्यो सैन्य अभ्यासहाल सम्मकै ठूलो भएको बताइएको थियो।ताइवानको रक्षा मन्त्रालयले चीनिया जहाज र विमान हरुले ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गर्नुका साथ साथै चिन र ताइवान बिच बिध्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेर गैर जिम्मेवारी हर्कत गरेको बताइएको थियो।
चिनले आफ्नो देशमाथी आक्रमण गर्न त्यसरी सैन्य अभ्यास गरेको ताइवानी सरकारको भनाइ रहेको छ। चीनले गरिरहेको सैन्य अभ्यासको ताइवानले पनि यथोचित जबाफ दिइरहेको छ,चीनिया सैन्य विमान र युद्द पोतलाइ चेतावनी दिन ताइवानले पनि आफ्ना सेना र सैन्य विमानलाई तयारी अबस्थामा राखेको छ। एउटा भ्रमणको विषयलाई लिएर चीनले क्षेत्रीय स्थिरता भंग गर्न हठ पुर्बक सैन्य अभ्यास गर्नु गैर जिम्मेवार कदमको एउटा संघा भएको टिप्पणी गरिदैआइएको छ।































