काठमाण्डौं ।

भारत अहिले एउटा बलियो गणतान्त्रात्कम विश्व शक्तिको रुपमा स्थापित भइसकेको मुलुक हो।नेपालको सबै भन्दा नजिक र खुल्ला सिमाना भएको भारत विश्व कै सबभन्दा ठूलो लोकतान्त्रका रुपमा भारतको सफलता संसदिय राजनैतिक स्थायित्वको एक उदाहरण बनेको छ।
भारतले अपनाएको संसदिय पद्धतिले हाम्रो जस्तो बिकासोन्मुख मुलुकलाइ पनि अनेकौ सम्भावना हरुको खोजी गर्न,बिकासको पथमा अघि बढ्न कयौ बाटा हरु देखाइ रहेको छ।अनन्तकाल देखि विविध सास्कृतिक चेतनाको अद्भुत श्रोतको रुपमा रहेको छ।भारतले यो तमाम सास्कृतिक परम्परा हरुलाइ सम्मान र निरन्तरता दिदै आइरहेको छ।
बिकासको कुरा गर्ने हो भने भारतले प्राबिधिको बिकासमा लामो फड्को मारेर समुन्द्र देखि अन्तरीक्ष सम्मको नेत्तृत्व गर्न सकिरहेको छ।एउटा शक्तिशाली आधार स्तम्भको रुपमा उभिएर भारतले आफुलाइ त्यसै अनुरुप प्रस्तुत गर्दै आइरहेको छ।भारतले नेपाल लाई गरेको सहयोग साथै सामाजिक ,आर्थिक तथा सास्कृतिक सम्बन्ध सुदृढ बनाउन चालेका कदमहरुले नेपाललाई प्रभाबकारी रुपमा अगाडी बढ्न मदत गरिरहेको विश्लेषण हुने गरेको छ।भारत नेपाल लगायत दक्षिण एसियालि मुलुकहरू सङ्ग सङै मिलेर काम गर्नु पर्ने पक्षमा रहदै आइरहेको छ।
त्यही अनुरुप नै भारतले छिमेकी रास्ट्रहरु सङको सहकार्यमा जोड दिदै आइरहेको छ।लामो समय देखि साझा सपना र सफलताको आकांक्ष सहित सम्बन्ध स्थापित गरेको नेपाल -भारत सम्बन्ध सौहार्दपुर्ण गतिमा छ जुन नेपालका लागि हित अनुकुल छ।सदियौ बर्ष देखिनै नेपाल -भारत सम्बन्धको महत्त्व निरन्तर बढ्दो छ।नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी र एक बिकास साझेदार रास्ट्र हो।सदियौ पुरानो नागरिक सम्बन्ध र बिश्वास ,भौगोलिक ,धार्मिक ,ऎतिहासिक ,सास्कृतिक तथा आर्थिक सम्बन्ध हरु नेपालका लागि महत्वपूर्ण रहदै आएका छन।
यो परम्परा अक्षुण्ण रहदै अहिले झन व्यापक र बलियो बन्दै गइरहेको छ यहि परम्परालाई चिरकाल सम्म अझ बिस्तार बिकाश गर्दै लानु र सम्बाद सस्कृतिको निरन्तरता लाई अझ बलियो बनाउदै लानु दुबै मुलुकको अपरिहार्यता बनेको छ।भारतीय प्रधानमन्त्रीले गरेका नेपाल भ्रमण र ती अबसरमा ब्यक्त गरेका नेपाल सङको सम्बन्ध बारेका बिचार हरुले दुबै मुलुकको घनिष्ठतालाइ थप उचाइमा पुर्याउन मद्दत पुगेको छ।द्विपक्षीय सहयोग अन्तर्गत शैक्षिक पुर्वाधार ,अस्पताल ,विमानस्थल ,सडक संजाल, रेल वे ,बिजुली प्रशारण उर्जा बिकास सहित आधुनिकिकरणका सबै क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएका छन ।
त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल ,त्रिभुवन राजमार्ग ,पुर्ब पश्चिम् राजमार्ग ,हुलाकी सडक ,कोशी ब्यारेज ,कर्णाली पुल,जनकपुर -जयनगर रेल, एकीकृत भन्सार चौकी,नेपाल -भारत पेट्रोलियम पाइप लाइन ,नेपाल भारत विद्युत प्रसारण लाइन,अरुण तेस्रो परियोजना ,ट्रमा सेन्टर,जयनगर कुर्थ रेल आयोजना आदि नेपालको बिकाशमा भारतले लगानी गरेका केही उल्लेखनीय परियोजना हुन।
बिद्यालय तथा अस्पताल भवन,खानेपानी प्लान्ट,लधु उर्जा परियोजना जस्ता सामुदायिक बिकास परियोजना अन्तर्गत नेपालमा अहिले सम्म भारतको आर्थिक सहयोगमा ४६४ वटा पुर्वाधारको निर्माण सम्पन्न भइसकेको छ भने ६८ वटा आयोजना हरु निर्माण धिन छन।छिमेकी देशको नीति अनुसार भारतले नेपाललाई सधै प्राथमिकतामा राखेको छ चाहे त्यो बिकास परियोजनामा होस या प्राकृतिक बिपत्तिको बेला होस भारत नेपाललाई सहयोग गर्न सबै भन्दा अगाडी नै रहेको छ।
नेपाल र भारत बिचको सम्बन्ध नेपालले भारतलाइ के दियो बदलामा भारतले नेपाललाइ के दियो भन्ने प्रश्नका आधारमा मुल्यांकन गरिने सम्बन्ध होइन।नेपाल र भारतको सम्बन्ध सदियौ देखिको परम्परामा र भाइचारामा निरन्तर चलिरहेको छ।नेपाल अहिले राजनैतिक स्थायित्वको खोजमा छ नेपालको राजनैतिक स्थायित्व भारतका लागि मात्र होइन ,दक्षिण एसियाकै लागि अनिवार्य छ,यो क्रममा नेपालले जे जति उपलब्धि हासिल गरेको छ त्यस्को लागि भारतको सदा सहयता र सुभेक्षा सबै कुरामा रहदै आएको छ,यसैको बलमा नेपालले थप प्रगती र बिकास लाई निरन्तरता दिन जरुरी छ र भारत सङको भाइचारा सम्बन्ध लाई थप बलियो बनाउदै लानु नेपालको प्रमुख विषय बनेको छ।































