कस–कसले दर्ता गरे झापा–२ मा उम्मेदवारी

0
457

झापा ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ । यो संगै चुनावी माहोल तातेको छ ।

झापा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ अकलबहदुर तामाङ– मंगोल नेशनल, अर्पण बस्नेत –स्वतन्त्र, कमलप्रसाद खरेल –राप्रपा, कुमार भट्टराई –स्वतन्त्र, कृष्णप्रसाद गौतम–जनसमाजवादी, खेमराज दहाल –स्वतन्त्र, चेतकुमार खनाल–स्वतन्त्र, देवराज घिमिरे–एमाले, नारायणबहादुर भारती–नेपाली कांग्रेस बीपी, परशुराम मगर –राजमुले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै भद्रप्रसाद नेपाल–स्वतन्त्र, महेन्द्र खायमली– नेमकिपा, राजकुमार तामाङ–स्वतन्त्र, रामसुफल कामती–जसपा, रुद्रप्रसाद गिरी–स्वतन्त्र, रेश्मा चेम्जोङ– संलोराम, सन्तोष घिमिरे–नेपाल विवेकशील, हरिकुमार राना–माओवादी केन्द्र, त्रिनारायण राजवंशी–लोसपा र ज्ञानेन्द्रराज कार्की –नेपालका लागि नेपाली पार्टीबाट समेत उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ २ को १ मा एकराज कार्की –एमाले, कमल सिटौला –नेपाली कांग्रेस वीपी, दुर्गाप्रसाद दहाल–नेपाल कम्युनिष्ट पार्टी, देवनारायण धिमाल–मंगोल नेशनल, पार्वती माङ्मु–राजपा, पुष्पराज पोखरेल–नेकपा समाजवादी, भक्तबहादुर भुजेल –हाम्रो नेपाली पार्टी, भीमप्रसाद शेर्मा–संलोराम, राजु प्रसाई–स्वतन्त्र, रोमादेवी निरौला घिमिरे– मौलिक जरोकिलोबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै २ को २ बाट अनिरुद्र तिम्सिना–स्वतन्त्र, खगेन्द्र मैनाली– नेकां, तिलचन पाठक–एमाले, धनबहादुर भुजेल–संलोराम, बाबुराम पौडेल–नेकपा माक्सवादी, मंगलसिंह लिम्बू–मंगोल नेशनल, रमेश कार्की–नेकां वीपी, बिजय इङनाम–राजपा, शिवप्रसाद आचार्य–लोसपा र सन्तकुमार तामाङ–नेमकिपाले उम्मेदवारी दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here