झापा ।

मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ ।
यो संगै चुनावी माहोल तातेको छ । झापा क्षेत्र नं. ४ को प्रतिनिधिसभातर्फ कमलबहादुर पौडेल–स्वतन्त्र, किरण श्रेष्ठ –स्वतन्त्र, खुश्बू ओली–स्वतन्त्र, श्याम नेपाल–स्वतन्त्र, ग्यासुद्दिन मिया–लोसपा, दिलीप धिमाल–मंगोल नेशनल, दुर्गाप्रसाद घिमिरे– नेकां बीपी, देउकुमार थेबे–नेकां, नन्दराज राई–स्वतन्त्र उम्मेद वारी दर्ता गराएका छन् ।
त्यस्तै पूर्णकुमार लिम्बू–स्वतन्त्र, बिजयप्रसाद राजवंशी–राप्रपा नेपाल, मनकुमार ताप्मादेन–राजपा, युक्तप्रसाद भेटवाल–हाम्रो नेपाली पार्टी, लक्ष्मीनारायण खनाल–स्वतन्त्र, लालप्रसाद साँवा लिम्बू –एमाले, लाहानसिंह तुम्बाम्बो–संलोराम, बिक्रम काशीछ्वा– नेमकिपा, शम्भुप्रसाद ढकाल– रास्वपा, सत्यनारायण राजवंशी –जनमत पार्टी, हर्कराज राई –जसपाबाट उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ क्षेत्र ४को १ मा उमानाथ दमाई– संलोराम, गोन्धा ताजपुरिया–जनमत, झलकबहादुर मंगर–माओवादी केन्द्र, भरत राई– मंगोल नेशनल, मेहरमान बस्नेत– स्वतन्त्र, रमेशप्रसाद आचार्य – स्वतन्त्र, राधाकृष्ण खनाल –एमाले, शान्तिराम न्यौपाने – स्वतन्त्र, संगीता लिम्बू राजपा र होमप्रसाद गौतम– हाम्रो नेपाल पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ४ को २ मा प्रदेशसभातर्फ अम्बिका तामाङ–मंगोल नेशनल, उमाकान्त सिटौला –मौलिक जरोकिलो, एकराज उप्रेती–नेकां, केशव बजगाई –हाम्रो नेपाली पार्टी, केहरसिंह बस्नेत–स्वतन्त्र, जयप्रसाद चम्लागाई– स्वतन्त्र, टेकबहादुर अधिकारी –नेकपा माक्सवादी, भक्ति सिटौला–राप्रपा, भरतकुमार श्रेष्ठ–स्वतन्त्र, मंगलसिंह साम्बेखाम – राजपा, रामकुमार राजवंशी – लोसपा, स्वामीप्रसाद लिम्बू–संलोराम पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।


























