मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

0
226

कालीकोट,

जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार १५ जनामध्ये दुई जना सम्पर्कमा आएका र १३ जना अझै सम्पर्कविहीन छन् ।

राँचुलीमा मलाम गएका सम्पर्कविहीन भएको खबर पाएपछि खोजीका लागि प्रहरी टोली पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here